शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

दैनिक नेपाल २०७७ जेठ १४ गते २१:५८


काठमाडौँ, १४ जेठ । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको निधन भएको हो ।

जेठ ११ गते अस्पताल भर्ना भएका उनको जेठ १२ गते स्वाब संकलन गरिएको थियो ।

उनको वुधबार साँझ मृत्यु भएको हो । मृत्युको केही समयपछि आएको रिपोर्ट कोरोना पोजेटिभ देखिएको ललितपुर जनस्वास्थ्य जनाएको छ । उनी अल्कोहलिक लिभर डिजिजका कारण अस्पताल भर्ना भएका थिए ।

यद्यपि यसबारे हालसम्म स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

त्यस्तै, वुधबार साँझ संक्रमितको संख्या ९ सय १ जना पुगेको छ । जसमा आजै एकैदिन १ सय २९ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित