शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

हरिवन नगरपालिकाको वडा नम्बर ३ मा दीप प्रज्वलन

दैनिक नेपाल २०७७ जेठ १४ गते १३:५६

सर्लाही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले सर्लाहीको हरिवन नगरपालिकामा दीप प्रज्वलन गरेका छन् ।

हरिवन नगरपालिकाको वडा नम्बर ३ मा मंगलबार साँझ दीप प्रज्वल गरिएको हो । नयाँ नक्सा जारी भएको खुसीयालीमा दीप प्रज्वलन गरिएको जनाइएको छ ।

कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने, राष्ट्रिय समाजवादी पार्टीको नेता गंगा थिङ, वडाध्यक्ष दीपमान लोप्चन, रामचन्द्र कुशहवालगायतको उपस्थिति रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य न्यौपानेले ओली सरकार नयाँ नक्सा जारी गरेर राम्रो काम गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित