शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

टेक्ससमा कोरोना महामारीका बीचमा युएनएको निर्वाचन सम्पन्न

दैनिक नेपाल २०७७ जेठ १४ गते ७:५८

विजय थापा

डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )ले कोरोना महामारीको बीचमा वार्षिक अधिवेसन सफलतापूर्वक सम्पन्न गरेको छ ।

अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा भएको अधिवेसनमार्फत नयाँ समितिको समेत चयन गरेको छ ।

हरेक दुई वर्षमा नयाँ नेतृत्व परिवर्तन हुने र मेमोरियल डे (स्मारक दिवस) को सप्ताहन्तमा वार्षिक सम्मेलन समेत गर्ने भएता पनि यस पटक कोरोना भाइरसको कारण बाल्टिमोरमा हुने सम्मेलन अर्को वर्ष सारिएको छ ।

टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न अधिवेसनमा मास्क लगाई ६ फिटको सामाजिक दूरीमा केवल २५ जनाभन्दा कम सहभागिताआ निर्वाचन सम्पन्न भएको छ ।

आगामी दुई वर्षका लागि युएनएको नयाँ कार्यकारी समितिमा भक्त’बव’भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

लामो समयदेखि युएनएदेखि अन्य सँस्थामा सक्रिय सहभागी जनाउँदै आएका पवन योञ्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिव पदमा कमल कडायत निर्वाचित भएका छन् ।

मुख्य पदहरुमा पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको छ भने पूर्ण समिति निर्माण गर्न अब अन्य सदस्यहरूको मनोनीत हुने जानकारी वरिष्ठ उपाध्यक्ष पवन योञ्जनले बताए ।

प्रतिक्रिया
सम्बन्धित