शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काेस्टारिकामा पहिलो पटक समलिंगी विवाह

दैनिक नेपाल २०७७ जेठ १४ गते ७:५३

लण्डन । मध्य अमेरिकी देश कोस्टारिकामा वैवाहिक समानता सम्बन्धी कानून कार्यान्वनमा आएको छ । त्यहाँ पहिलोपटक समलिंगी विवाह भएको छ ।

लेस्बियन (महिला समलिंगी) जोडीले कानून कार्यान्वयनमा आए लगत्तै विवाह गरेका हुन् । कोस्टारिकामा वैवाहिक समानता सम्बन्धी कानून सोमबार मध्यरातदेखि कार्यान्वयनमा आएको हो ।

वैवाहिक समानता कायम गर्ने कोस्टारिकामा पहिलो मध्य अमेरिकी देश बनेको छ । लेस्बियन जोडीको विवाह समारोह राष्ट्रिय टेलिभिजनमा देखाइएको थियो ।

राष्ट्रपति कार्लोस अल्भाराडोले कानूनमा भएको यो परिवर्तनले लेस्बियन तथा गे (महिला तथा पुरुष समलिंगी) ले पहिले नै पाउनु पर्ने अधिकार अहिले आएर भए पनि सुनिश्चित गरेको बताएका छन् ।

उनले ट्वीट गरेर देशमा सबैका लागि समान स्थान रहेको भन्दै अब समभाव र प्रेम नै अगाडि बढ्ने निर्देशक सिद्धान्त हुनु पर्ने बताएका छन् ।

सन् २०१८ को अगस्टमा कोस्टारिकाको संवैधानिक अदालतले समलिंगी विवाहमा प्रतिबन्ध लगाउनु संविधान विपरित हुने फैसला गरेको थियो । सो अदालतले सरकारलाई वैवाहिक समानता सम्बन्धी कानून ल्याउन १८ महिनाको समय दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित