बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कविता : कस्तो म !

दैनिक नेपाल २०७७ जेठ १२ गते २०:४५

टिकार्जन सिवाकोटी

म जित्न चाहन्छु,

तर मलाई हराउन चाहन्छन् मुन्छेहरु,

म सकारात्मक कथा सुनाउन चाहन्छु,

तर मान्छेहरु सुन्न चाहन्नन्,

म यथास्थितिबाट परिवर्तनको रुपान्तरणको बाटोमा जाउँ भन्छु,

तर मान्छे टसमस गर्दैनन,

म अन्याय, अत्याचार व्यविचार, कुकर्मको विरोध चाहन्छु,

तर मान्छे रमिते बन्न चाहन्छन्,

म समाहित हुन चाहन्छु सकारात्मक बाटोमा,

तर मान्छे एक्लाएर नकारात्मक बन्न बाध्य बनाउँछन्,

म सबैलाई हित हुने कुरा चाहन्छु,

तर मान्छे देख्न सक्दैनन्,

म सवैको पे्रणाको स्रोत बन्न चाहन्छु,

तर मान्छे भेटिस खोजेको भन्न चाहन्छन्,

म हार्न चाहन्न कुनै पनि मुल्यमा,

तर मुन्छे हराउन चाहन्छन् जुनै पनि मूल्य तिरेर,

म अहिले समयले मागेको बन्न चाह्न्छु,

तर मुन्छे बिगार्न चाहन्छन् ।

हे समय तपाई के चाहनु हुन्छ ?
हम ?

कस्तो खतरा द्वन्द चलिराछ हौ ?

प्रतिक्रिया
सम्बन्धित