शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोना संक्रमित युवकको हड्डीको अपरेशन

दैनिक नेपाल २०७७ जेठ १२ गते २०:२३


काठमाडौँ, १२ जेठ । कोरोनाभाइरस संक्रमित एक युवकको पाटन अस्पतालमा हड्डीको अपरेशन भएको छ ।

सप्तरीका ३२ वर्षीय युवकको खुट्टा भाँचिएको थियो । उनको सोमबार अस्पतालमा अपरेशन सम्पन्न भएको हो । अस्पतालका अनुसार नेपालमा कोरोना संक्रिमतको अपेरशन गरेको यो पहिलो घटना हो ।

उनको सर्जरीमा अस्पतालका डा. सुमन श्रेष्ठ र डा. तोया भट्ट रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित