बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने

दैनिक नेपाल २०७७ जेठ १२ गते २०:०८

हेटौँडा, १२ जेठ । आजदेखि शुरु भएको वाग्मती प्रदेशसभाको अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भएको छ ।

आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस गर्नुभयो ।

यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश आर्थिक कार्य्विधि ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पेस गर्नुभयो । वाग्मती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम पेस गर्ने जानकारी प्रदेशसभाको आजको बैठकमा दिइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित