
काठमाडौँ, १२ जेठ । वीरगन्जको नेसनल मेडिकल कलेजलाई कारवाहीका गर्न सिफारिस गरिएको छ ।
पर्सा जिल्लाले कलेजमाथि कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने जनाएको हो । कलेजले बिरामीको कोरोना परीक्षणको रिपोर्ट नआई शव आफन्तलाई बुझाएकोले आवश्यक कारवाहीका लागि सिफारिस गरिने भएको हो ।
बाराको करैयामाई गाउँपालिका ७ का ७५ वर्षीय वृद्धको नेसनल मेडिकलमा मृत्यु जेठ ४ गते भएको थियो । सोमबार उनमा कोरोना पोजेटिभ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।
त्यस्तै, अस्पतालले गल्ती भएको स्वीकार्दै सरकारले कारवाही स्वीकार गर्ने बताएको छ ।
त्यस्तै, मृतकसँग सम्पर्कमा आएकाको खोजी गर्नेदेखि त्यस स्थान सिल गर्ने र अस्पतालको आइसीयु कक्ष पनि सिल गर्ने तयारी गरिएको छ ।















प्रतिक्रिया