४ कार्तिक २०८३, बुधबार

बलिउड फिल्मका खलनायक किरण कुमारलाई कोरोना भाइरसको संक्रमण

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई ।  बलिउड सिनेमामा आफ्ना खलनायकी चरित्रका लागि चर्चित अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण भएको छ।

मे १४ मा उनमा भाइरस संक्रमण देखिएको हो । अभिनेता किरणले भारतीय मिडिया न्यूज १८ लाई बताए अनुसार उनी यस महिनाको सुरूमा एक सामान्य चिकित्सा प्रक्रियाका लागि अस्पताल गएका थिए।

त्यहाँ उनलाई कोरोना भाइरस सहित अन्य केही परिक्षणहरु गर्न भनिएको थियो। परीक्षण पछि किरणमा कोरोना भाइरसको एन्टीबडी देखिएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अहिले किरण आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।

‘म लक्षण बिना संक्रमित छु। ममा मे १४ का दिन परिक्षण गर्दा कोरोना भाइरस सकारात्मक देखिएको हो। तर मलाई ज्वरो छैन। कुनै खोकी पनि छैन र सास फेर्न गार्हो पनि भएको छैन। म ठिक छु र अहिले घरमै क्वारेन्टाइमा बसेको छु,’ किरणले भनेका छन्, ‘आज १० दिन भयो, अझै कुनै लक्षण भने देखिएको छैन ।’ किरणले सोमबार वा मंगलबार कोरोनाको नयाँ परीक्षण गर्नेछन् ।