शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

रौतहटका अति गरिब विपन्न परिवारले राहत पाएनन्, भोकै परे जनता

दैनिक नेपाल २०७७ जेठ १२ गते ९:३२

रुपेन्द्र पटेल

रौतहट, १२ जेठ । प्रदेश २ का सरकारले लकडाउनका कारण समस्यामा परेका ज्यालादारी गरेर खाने अति विपन्न तथा गरिब परिवारलाई दोस्रो चरणको राहत दिने घोषण गरे पनि रौतहटका स्थानीय तहले दोस्रो चरणको राहत वितरण गर्न कुनै सुरसार नगरेको गुनासो बढदै जानथालेको छ ।

रौतहटको चन्द्रपुर, कटहरिया, मौलापुर र परोहा नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरे जस्तो गरेपनि अधिकांश नगरपालिकाले राहत बितरणको नाम समेत लिन छाडेको गुजरा नगरपालिकाका स्थानीय वासिन्दा मनोज चौधरीले बताएका छन् ।

जिल्लाका मुसहर र दलित बस्तीमा लकडाउनमा छाक टार्न समस्या भइरहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण रौतहटका दैनिक ज्यालादरीमा काम गरेर हात मुख जोड्दै आएका मुसहर, दुसाद, डोम लगायत दलित वस्तीका अधिकांश घर परिवारलाई छाक टार्न समस्या भएको गुनासो गरेका हुन् ।

लकडाउनका कारणले २ महिनादेखि कहिँ कतै काम गर्न जान नपाएकाले मुसहर बस्तीमा छाक टार्न समस्या भइरहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ की दलित महिला सदस्य उर्मिला पासवान बताउँछिन् ।

राहतको आश गरेका अति गरिब विपन्न परिवारले अब निराश बन्दै जानथालेको छ । राहत नपाउँदा सबै गरिब परिवारको एउटै कथा बनेको छ जो हुन् भोक मरिको कथा ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने अती बिपन्न गरिब परिवारहरु भोकै बस्नु नपरोस भनेर सरकारले राहत कार्यक्रमको घोषणा गरेको छ तर लकडाउनले मात्र निरन्तरता पाउने राहतले नपाउने हुँदा गरिबको चुलोमा होइन पेटमा आगो दनकीएको छ ।

राहत नपाउदा रौतहटमा मध्यम वर्गका मानिसहरुलाई समेत समस्या हुन थालेको छ । केही दिन अघि प्रदेश २ का सरकारले दोस्रो चरनको राहत वितरण धनुषा जिल्लाबाट गरेपनि रौतहटमा अतोपतो छैन् ।

प्रदेश २ को ८ वटै जिल्ला मध्य सबभन्दा गरिबीको रेखामा रहेको रौतहट जिल्लामा राहत प्याकेज नआउदा गरिब परिवारहरूलाई भोकमरीले सताउन थालेको छ ।

‘लकडाउनका कारण घरभित्रै कैदी जीवन बिताउनु परेको छ यस्तो समयमा थाली हामीसँग छ थाली भरीदिन सरकारलाई हारगुहार गर्नुको साटो अरु कनै बिकल्प छैन’, रौतहटका चद्रपुर ९ का सुखल माझीले भने ।

जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने दलित समुदायले लकडाउनमा मजदुरी गर्न नपाएको सडक किनार, नहरको डील, सार्वजनिक जमिनमा वर्षौंदेखि झुपडी बनाएर बस्दै आएका मुसहरवस्तीमा खाद्य संकट हुन थालेको मुसहर उत्थान संघ रौतहटका अध्यक्ष विनोद माझी मुसहरले बताए । रौतहटमा करिब दुई हजार घर परिवार मुसहर जाती रहेको छ भने १५ हजार परिवारको संख्या रहेको छ ।

दुई सय २० घर डोम समुदायको छ । करिब १३ सय डोम परिवारको संख्या रहेको डोम विकास केन्द्र रौतहटले जनाएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएको र घरमा खानेकुरा भण्डारण नहुँदा समस्या भएको दलित समुदायका अगुवाहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित