मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

७० जनालाई क्वारेन्टाइनमा राखियो

दैनिक नेपाल २०७७ जेठ ११ गते २१:३३

रुकुम, ११ जेठ । पछिल्लोपटक कामको सिलसिलामा जिल्ला छोडेका सर्वसाधारणहरु जिल्ला भित्रिन थालेका छन् ।

कामको शिलसिलामा रुकुम छोडेका रुकुम पश्चिमका आठबिसकोट, मुसिकोट, त्रिवेणी, सानिभेरी लगायतका सर्वसाधारणहरु भारत र नेपालका विभिन्न ठाउमा रुकुम पश्चिममा आउने क्रम शुरु भएको छ ।

यसैबीच यहाका सबै स्थानीय तहहरुले जिल्ला र गाउमा फर्किने सर्वसाधारणहरुलाई बसाई व्यवस्थापनका लागि क्वारेन्टाइन निर्माण हरे बसाल्न थालेका छन् ।

आठबिसकोट नगरपालिकाका विभिन्न स्थान बाट रोजगारिका लागि भारत गएका ७० जनालाई आज आदर्श मावि ज्यामिरकोटमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

आफुहरुलाई स्थानीय वडा र नगरपालिकाले क्वारेन्टाइनको व्यवस्थापन गरि आफुहरुलाई सुरक्षित बसालेकोमा स्थानीय सरकार प्रति खुशी व्यक्त गरेका छन् । आफुहरु धेरै दुख पाएकोले अब आफ्नै जन्मभुमि पुगेकोले निर्धक्क भएको बताएका छन् ।

यता गाउलेहरूले भने सरकार र क्वारेन्टाइनमा बस्ने दुवै पक्षलाई धन्यवाद दिएका छन । कोहि पनि सर्वसाधारणहरुले असुरक्षा महसुस नहुने वातावरण तयार गर्नुपर्नेमा समेत सुझाव दिएका छन् ।

भारत बाट आउने नेपाली दाजुभाईलाई क्वारेन्टाइनको व्यवस्थापन गरि सबैको सुरक्षाको प्रत्याभूति गराएकोमा दुवै पक्षलाई धन्यवाद दिएका हुन् । साथै कोरोनाको एक मात्र उपचार भनेको लकडाउन नै भएकोले सबैले पालना गर्नुपर्ने बताएका छन् ।

सबै स्थानीय तहहरुले समयमै क्वारेन्टाइन निर्माण गरि थप सतर्कता अपनाउन थालेको र सबैले क्वारेन्टाइन निर्माणका लागि सरकारलाई आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा नेकपाका आठबिसकोट अध्यक्ष हरिप्रसाद शर्माले जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित