शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८ पुग्यो

दैनिक नेपाल २०७७ जेठ ११ गते २१:१९

काठमाडौँ, ११ जेठ । थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार दाङ, बाँके र बर्दियाका २ सय २९ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

बर्दियाका एक जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो । प्रतिष्ठानमा आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिका ५ निवासी २३ वर्षीय दुई जना, २४ वर्षीय र १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बर्दियाको बासगढी ९ का २५ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि आइतबार नै थप १९ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै नेपालमा संक्रमितको संख्या ६ सय ८ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित