३ कार्तिक २०८३, मंगलबार

पूर्व राजाको तस्वीर भएको नोट अब नचल्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । नेपाल राष्ट्र बैंकले पूर्व राजाहरुको तस्वीर भएको नोट चलनचल्तीमा रोक लगाएको छ ।

केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट निष्काशन गर्न पाउने छैनन् ।

यसैगरी, परिपत्रअनुसार झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने छ ।

राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न पनि भनेको छ । चलनचल्तीका लागि पठाउने नोटलाई निर्मुलीकरण अनिवार्य रुपमा गर्नुपर्ने छ ।