शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना संक्रमित भाग्न थालेपछि नरैनापुर निषेधित क्षेत्र, सेना परिचालन गरिने

दैनिक नेपाल २०७७ जेठ ११ गते १८:२८

काठमाडौँ, ११ जेठ । बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कोरोना संक्रमितहरु भाग्न थालेपछि निषेधित क्षेत्र तोकिएको हो । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राती ८ बजेबाट निषेधित क्षेत्र जारी गरेको हो ।

बैठकले सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने पनि निर्णय गरेको छ ।

कोरोना संक्रमणको केन्द्रविन्दु बनेको नरैनापुर गाउँपालिकामा स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिनका लागि संघीय सरकारसँग उच्चस्तरीय चिकित्सकको टोली तथा सुरक्षाकर्मीको माग गरिएको छ ।

अब नरैनापुरमा सुरक्षा निकायको अनुमतिबिना कोही पनि बाहिर जान पाउने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित