शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गोर्खा, चितवनबाट आएका थिए काठमाडौँका नयाँ संक्रमित

दैनिक नेपाल २०७७ जेठ ११ गते १७:३९

काठमडौँ, ११ जेठ । आइतबार थपिएका १९ जना कोरोना संक्रमितमध्ये काठमाडौँ सोह्रखुट्टेका पनि एक जना रहेका छन् ।

काठमाडौँ महानगरपालिका १६ का ६९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

ति पुरुष २३ महिनाअघि दुबईबाट नेपाल फर्किएका बुझिएका हुन् । त्यसपछि उनी चितवन, गोर्खा गएर फर्केका खुलेका छन् । उनलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।

नेपालमा आइतबार १९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा ६ सय ३ जना कोरोना संक्रमित पुगेका छन् । ८७ जना निको भएर घर फर्केका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित