बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

थप ७ जना संक्रमित कोरोनामुक्त, निको हुनेको संख्या ८७ पुग्यो

दैनिक नेपाल २०७७ जेठ ११ गते १६:५९

काठमाडौँ, ११ जेठ । आइतबार थप ७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नारायणी प्रादेशिक अस्पतालबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् । यसरी ८७ जना संक्रमित निको भएर घर फर्केका छन् ।

आजै थप १९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ ।

त्यस्तै, आजै नुवाकोटमा पहिलोपटक कोरोना देखिएसँगै ७७ जिल्लामध्ये ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको प्रवक्ता देवकोटाले जनाए । नुवाकोटको ककनी निवासी एक जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै ६ सय ३ जनामा कोरोना पुष्टि भएको हो । जसमा ५२४ जना पुरुष र ७९ जना महिला छन् । जसमा ८७ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित