३ कार्तिक २०८३, मंगलबार

नुवाकोटमा पहिलोपटक देखियो कोरोना, ७७ मध्ये ४२ जिल्ला संक्रमित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।

आइतबार थपिएका १९ जना संक्रमितमा नुवाकोटका पनि एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

उनी नुवाकोटको ककनी निवासी रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

आजै काठमाडौँसहित १० जिल्लामा १९ जना नयाँ संक्रमित थपिएका हुन् । यसरी ७७ मध्ये ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्यो ६ सय ३ जना पुगेको छ ।

थपिएका १९ जनामा काठमाडौँको सोह्रखुट्टेमा १ जना, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।