१२ कार्तिक २०८३, बिहिबार

कपनमा तरुण उपाध्यक्ष चापागाइँद्वारा राहत वितरण

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले लकडाउनका कारण समस्यामा परेका भोजपुर जिल्ला घर भएका व्यक्तिहरूलाई राहत वितरण गरेका छन् ।

उपाध्यक्ष चापागाइँले आइतबार बिहान काठमाडौंको कपनमा राहत वितरण गरेका हुन् । चापागाइँले ४० जनालाई एक बोराका दरले चामल, नुन र तेल उपलब्ध गराएको बताए ।

टेलिभिजन कार्यक्रम ईन्द्रेणीका प्रस्तोता कृष्ण कँडेलको सहयोगमा कलाकालहरू सुवास केसी र विपिन किरणको पहलमा राहत वितरण गरिएको तरुण उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

भोजपुर जिल्ला घर भइ काठमाडौंको कपन, चाबहिल र जोरपाटीमा बस्ने मजदुर तथा अति विपन्नहरूलाई राहत विरतण गरिएको थियो । ‘भोजपुर जिल्ला घर भइ काठमाडौंमा मजदुरी गर्दै आउनु भएका सर्वसाधारणलाई राहत वितरण गरिएको छ’, चापागाइँले भनेका छन् ।