३ कार्तिक २०८३, मंगलबार

शनिबार एकै दिनमा ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ९१

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । नेपालमा एकै दिनमा ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार साँझ पुनः थप ७ जनामा कोरोना देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार विहान ३२ जना तथा दिउँसो ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिबार साँझ प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो ।

जसमा रुपन्देहीको गैडहवामा ३ जना, कपिलवस्तुका ३ जना र गुल्मी मदाने गाउँपालिकका एक जनामा गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।