३ कार्तिक २०८३, मंगलबार

३ जना साथीसँग जेठ ७ मा गुजरातबाट आएका थिए मोरङका संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । मोरङको रतुवामाई नगरपालिका २ का कोरोना संक्रमित पुरुष गुजरातबाट आएको खुलेको छ ।

रतुवामाई नगरपालिका – २ का ४१ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय पुष्टि गरेको हो । ति पुरुष अन्य तीनजना साथीसँगै भारतको गुजरातबाट गाउँ फर्किएको खुलेको हो ।

उनी जेठ ७ गते नेपाल आएका थिए । उनीसँगै आएकाहरु पनि क्वारेन्टाइनमा राखिएको छ । ति पुरुषका आरडीटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

अहिले सम्म मोरङमा ४ जनामा कोरोना पुष्टि भएको छ भने प्रदेश एकमा ८५ जना संक्रमित रहेका छन् ।