३ कार्तिक २०८३, मंगलबार

४० जिल्लामा कोरोना, बाँकेमा ११५ र पर्सामा ९१ संक्रमित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । नेपालमा ४० जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २० जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५ सय ७ जना पुगेको छ । ७० जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बाँके जिल्लामा रहेका छन् । शुक्रबारमात्रै १४ जना संक्रमित थपिएर बाँकेमा १ सय १५ जना संक्रमित भएका छन् ।

त्यस्तै, त्यहाँ २१ जना शुक्रबार नै निको भएर घर फर्किएका छन् । बाँकेपछि सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा ९१ जना रहेका छन् । पर्सामा ३ जना निको भइसकेका छन् ।

यसबाहेक हालसम्म रुपन्देहीमा २९, उदयपुरमा ३३, कपिलवस्तुमा ६९, काठमाडौंमा १२, धादिङमा २, कैलालीमा ७, बारामा ४, धनुषामा ९, रौतहटमा २२, बाग्लुङमा २, चितवनमा ५, झापामा ३५, महोत्तरीमा ३, भक्तपुरमा ३, बर्दियामा २, भोजपुरमा १, कञ्चनपुरमा १ जना कोरोना संक्रमित फेला परेका छन् ।

यसैगरी, नवलपरासी (पश्चिम) मा ६, सप्तरीमा १, सर्लाहीमा १९, नवलपुरमा २, मकवानपुरमा २, दाङमा ५, काभ्रेमा १, सिरहामा १, सिन्धुपाल्चोकमा १, मोरङमा ५, धनकुटामा ७, गुल्मीमा १, खोटाङमा १, दैलेखमा १, सुनसरीमा ३, ललितपुरमा १, लमजुङमा १, रामेछापमा १, सिन्धुलीमा १, बैतडीमा १ र डडेलधुरामा पनि १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक–एक गरी ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये बैतडी र डडेलधुरामा शुक्रबारमात्रै थपिएका हुन् ।

मन्त्रालयका अनुसार बाँके २१ र पर्साका ३ सहित रुपन्देहीमा एक जना निको भएका छन् भने उदयपुरमा २३, काठमाडौंमा ९, कैलालीमा ४, रौतहटका १, बागलुङमा २, चितवनमा २, झापामा २, भोजपुरमा १ र कञ्चनपुरमा १ जना निको भएका छन् ।

यसरी नेपालका ४० जिल्लामा संक्रमण फैलिँदा ३ जनाको मृत्यु भएको छ ।