शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पाँच जिल्लाका सिडिओहरुको सरुवा

दैनिक नेपाल २०७७ जेठ ९ गते १८:१६

काठमाडौँ, ९ जेठ । सरकारले पँचा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओको सरुवा गरेको हो ।

गृह मन्त्रालयका हरि पन्तलाई रसुवाको प्रजिअमा, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ ।

त्यसैगरी, मन्त्रालयले बाजुरामा कृष्ण गैरे तथा बैतडीमा मोहन जोशीलाई सरुवा गरेको जनाएको छ । रसुवाका प्रजिअ अर्जन भण्डारी र नवपरासीका बासुदेव दाहाललाई गृह मन्त्रालय ल्याइएको छ ।

त्यस्तै, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई ल्याइएको छ भने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित