शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

डडेल्धुरा र बैतडीमा पहिलोपटक देखियो कोरोना, ४० जिल्ला संक्रमित

दैनिक नेपाल २०७७ जेठ ९ गते १६:५९

काठमाडौँ, ९ जेठ । नेपालमा थप २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

त्यस्तै, ७० जनाले कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

नियमित पत्रकार सम्मलेनमार्फत कैलालाीका ३ जना, डडेल्धुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ र मोरङका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जनाएका छन् ।

यससँगै ४० जिल्लामा कोरोना संक्रमण फैलिएको हो । जसमा शुक्रबार पहिलोपटक डडेल्धुरा र बैतडीमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित