बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

थुनुवामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल

दैनिक नेपाल २०७७ जेठ ९ गते १६:१०


काठमाडौँ, ९ जेठ । जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । उनमा संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ ।

चैत ६ गते भारतबाट आएका उनी वैशाख १५ गते पक्राउ परेका थिए । त्यहाँ उनको सम्पर्कमा आएकाहरुको विवरण लिन थालिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित