३ कार्तिक २०८३, मंगलबार

आफताब आलमको घरमा प्रहरीको छापा, १२ राउण्ड हवाई फायर

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ जेठ । रौतहटको राजपुर बमकाण्डको आरोपका अभियुक्त पूर्वमन्त्री अफताब आलतमको घरमा प्रहरीले बिहीबार मध्य राति छापा मारेको छ ।

बमकाण्डका फरार अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आलमको घरमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन् ।

घर खानतलासीको क्रममा परिवारजन र स्थानीयले प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अवस्था नियन्त्रमा लिन १२ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । फरार रहेका महताब आलम घरमा रहेको सूचना अनुसार खनतलासी गरेको प्रहरी उपरीक्षक खडकाले बताए । तर, महताब आलम फेला नपरको प्रहरीले जनाएको छ ।

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

पहिलो संविधानसभा निर्वाचनअघि २०६४ चैत २७ मा राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो ।

सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरूलाई नजिकैको इँटाभट्टामा लगेर पोलेको हत्या गरिएको आरोप आलममाथि लागेको छ ।

बिष्फोटमा ज्यान गुमाएका सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै उनीहरुका परिवारका सदस्यले किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको १२ वर्षपछि प्रहरीले रौतहट क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई २०७६ असोज २६ मा इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो । उनी २०७६ कात्तिक २९ मा पुर्पक्षको लागि कारागार चलान भएका छन् ।