बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

लकडाउन प्रभावकारी बनाउन राजमार्गमा प्रहरी चेकपोष्ट स्थापना

दैनिक नेपाल २०७७ जेठ ९ गते ७:०३

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ९ जेठ । सरकारले गरेको लकडाउन प्रभावकारी बनाउन डडेल्धुरा प्रहरीले राजमार्गमा चेकपोष्ट स्थापना गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण तथा लकडाउन प्रभावकारी बनाउनका लागि भीमदत्तराजमार्गको कटालमा बिहीबार प्रहरी चेकपोष्ट स्थापना गरि सवारीसाधनहरू चेकजाँच गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला सुरक्षा समिति डडेल्धुराको निर्णय अनुसार लकडाउन प्रभावकारी बनाउन डोटी जिल्लाको सिमानामा रहेको कटाल भन्नेस्थानमा चेकपोष्ट स्थापना गरि चेकजाँच सुरु गरिएका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनले भने, ‘डडेल्धुराको सिमानादेखि करीव २६ किलोमिटर आसपासमा चेकपोष्ट नहुँदा केही लकडाउन उल्लंघन हुनसक्ने भएकोले यो चेकपोष्टको स्थापना गरिएको हो ।

डडेल्धुरा जिल्ला ७ पहाडी जिल्लाको प्रवेशद्वार भएको र डडेल्धुरा जिल्लाका ३ बटा ट्रान्जिट प्वाईन्टमध्ये २ वटा अनारखोली र सकायल क्षेत्रमा चेकपोष्ट पहिले नै भएको यो क्षेत्रमा थप चेकपोष्ट स्थापना हुँदा लकडाउन उल्लंघनका साथै अपराधिक क्रियाकलापहरू नियन्त्रण हुने प्रहरी प्रमुख न्यौपानेले बताए ।

हाललाई अस्थाई किसिमको चेकपोष्ट बनाइएको भई भविष्यमा यसलाई पक्की नै बनाउने सोच रहेको समेत उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित