शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

दैनिक नेपाल २०७७ जेठ ८ गते २०:५६

काठमाडौँ, ८ जेठ । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । थपिएका संक्रमितहरुको भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा परीक्षण गरिएको थियो ।

बाँकेको नरैनापुर ३ का ३२ वर्षीय, खजुरा ३ का ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारले जनाएका छन् ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अहिले उनीहरुको स्वास्थ्य सामान्य रहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित