शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बढे आत्महत्याका घटना

दैनिक नेपाल २०७७ जेठ ८ गते १९:५०

सांकेतिक तस्वीर

गलकोट, ८ जेठ । चौतर्फी कोरोना सन्त्रासबीच बागलुङमा नौ जनाले आत्महत्या गरेका छन् । लकडाउन शुरु भएदेखि हालसम्म जिल्ला प्रहरी कार्यालयमा २१ वटा मुद्दा परेका छन् । आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना यो अवधिमा भएका पाइएको छ ।

सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा करिब दुई महिनाको अवधिमा आठ झुण्डिएर आत्महत्या गरेको मुद्दा छन् । यसबाहेक विषादी सेवन गरी आत्महत्या एक र आत्महत्या दुरुत्साहनको एक मुद्दा छ ।

लकडाउनकै अवधिमा जिल्लामा चार अभद्र व्यवहारका घटनाका मुद्दा परेका छन् । यो समयमा चोरीको एउटा मात्र घटना भएको छ । नागरिक अगुवा अधिकारकर्मी राम शर्माले सामाजिक असुरक्षाका कारणले गर्दा अझै पनि मानिसले आत्महत्याको बाटो अँगाल्ने गरेको बताउनुभयो ।

प्रायजसो आत्महत्या गर्ने नागरिक अभाव र कुनै घटनाले गर्दा आत्महत्या गर्ने गरेका भन्दै अवैध सम्बन्ध, सम्बन्ध बिच्छेद पनि आत्महत्याका मुख्य कारण भएका हुनसक्ने प्रहरीको बुझाइ छ ।

यस्ता खालका सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति जनचेतना अझै पनि आवश्यक रहेको प्रहरी निरीक्षक केसी बताउनुहुन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित