
काठमाडौँ, ८ जेठ । झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ ।
एउटै गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएपछि अन्यमा फैलन नदिन गाउँपालिका सिल गरिएको हो । अत्यावश्यक सवारी साधनबाहेक सबै आवतजावत बन्द गर्ने निर्णय गरिएको हो ।
भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु १०० जनाको स्वाब परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबै क्वारेन्टाइनमै भएकामा संक्रमण देखिएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नु नपरेको झापा जिल्लाले जनाएको छ ।















प्रतिक्रिया