३ कार्तिक २०८३, मंगलबार

झापाको बिर्तामोडमा पासबिनाका सवारी प्रवेश रोक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । बिर्तामोड नगर कार्यपालिकाले कसैलाई पनि नगर प्रवेश गर्न नदिइने निर्णय गरेको छ ।

वुधबार बसेको सर्वपक्षीय बैठकद्धारा यस्तो निष्कर्ष निकालिएको थियो । त्यसकै कार्यान्वयनका लागि बिहीबार बिर्तामोड नगरपालिकाका मेयर ध्रव सिवाकोटीले विज्ञप्ति जारी गरेका छन् ।

उनले सम्पूर्ण नगरबासीलाई लकडाउन कडाइपूर्वक पालना गर्न आग्रह गरेका छन् । त्यस्तै, नगरपालिकाले पास बिनाका सवारीहरुलाई प्रवेश नदिने निर्णय गरिएको हो ।

अर्काे निर्णय नभएसम्म अत्यावश्यकबाहेक सबै सवारी साधनहरुलाई नगर प्रवेश रोक लगाइएको हो ।

पछिल्लो समय नगरपालिकाका आसपासका गाउँपालिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या बढीरहेको छ ।