मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

झापामा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

दैनिक नेपाल २०७७ जेठ ८ गते १६:४८

काठमाडौँ, ८ जेठ । झापामा कोरोनाभाइरस संक्रमितको संख्या ३५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले झापाको कचनकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका ८ जनामा कोरोना देखिएको जनाएका छन् ।

झापामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढीरहेको छ ।

बिहीबार रुपन्देहीमा १ जना र झापामा ८ जनासहित ९ जनामा थप कोरोना संक्रमित थपिएका प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित