बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सन्तोष, अञ्जु र प्रमोदकाे ‘तिम्रो मेरो दिलको बास’

दैनिक नेपाल २०७७ जेठ ८ गते ११:४७

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो मेरो दिलको बास’ बोलको आधुनिक गीत रिलिज गरेका छन् ।

संगीतकार श्रेष्ठले बुधबार युट्युबमार्फत गीत रिलिज गरेका हुन् । गीतमा अञ्जु पन्त र प्रमोद खरेलको स्वर रहेको छ । गीतमा शब्द श्रेष्ठले नै लेखेका हुन् ।

लकडाउनले कलाकारहरूलाई समस्या बनाइरहेका बेला संगीतकार श्रेष्ठले युट्युबबाट गीत रिलिज गरेका हुन् । उनले भने, ‘कोरोना भाइरस र लकडानले सबैलाई समस्या बनाएको छ । यस्तो बेला पनि गीतलाई यत्तिकै राख्नुभन्दा युट्युबबाट रिलिज गरौँ भनेर सार्वजनिक गरेका छौँ ।’

सयौँ गीतमा संगीत भरेका श्रेष्ठले अञ्जु पन्त र प्रमोद खरेललाई लिएर गीत बनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित