शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालको नयाँ नक्सा नस्वीकार्ने भारतको घोषणा

दैनिक नेपाल २०७७ जेठ ७ गते २१:५९

काठमाडौँ, ७ जेठ । भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ ।

नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले यस्तो प्रतिक्रिया दिएको हो ।

नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूभाग भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

“नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्”, विज्ञप्तिमा उल्लेख छ, “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।”

प्रतिक्रिया
सम्बन्धित