३ कार्तिक २०८३, मंगलबार

सबै हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । सरकारले सबै प्रकारका हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य हवाइ उडान सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि जेठ १८ गतेसम्मका लागि उडान तथा सीमा नाका बन्द गर्ने निर्णय समितिको बैठकले जेठ मसान्तसम्म लम्ब्याइएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् ।