मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

काभ्रेमा जीप दुर्घटना हुँदा २ जना सुनकोशीमा खसेर बेपत्ता

दैनिक नेपाल २०७७ जेठ ७ गते २०:३९

काठमाडौँ, ७ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ मा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशी नदीमा बेपत्ता भएका छन् ।

वुधबार दिउँसो भएको दुर्घटनामा २ जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोलालघाटबाट चौदेउराली दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो जीपको पछाडीको चक्का अचानक खसी कोल्टो पर्दा दुर्घटना भएको हो ।

जीपमा सवारमध्ये भुम्लु गाउँपालिका १ बस्ने २६ वर्षीय अशोक गिरी र वडा नंं ४ का भोला महत सुनकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जीपमा सवार अर्की ३९ वर्षीया सानुमाया गिरीको हात भाँचिएकाले उनको बनेपाको शिर मेमोरियल अस्पतालमा पठाइएको छ । चालकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित