बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

टोखा नगरपालिकाका तत्कालीन अधिकृतमाथि १७ करोड बढीको भ्रष्टाचार आरोपमा मुद्दा दायर

दैनिक नेपाल २०७७ जेठ ७ गते २०:२५

काठमाडौँ, ७ जेठ । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १८ करोड रुपैयाँको अनियमितताको मुद्दा दायर गरेको छ ।

अर्यालविरुद्ध गैरकाननी रुपमा अकुत सम्पत्ति कमाएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार १७ करोड ८३ लाख ४१ हजार बराबर दावी गर्दै मुद्दा दायर गरेको हो ।

अर्याल जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी) मा विस २०३९ साउन १ देखि स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए ।

नायब सुब्बाबाट बढुवा भएर टोखा नगरपालिकाबाट अधिकृत भई अवकाश प्राप्त गरेका थिए ।

उनले अवैध सम्पतिबाट विभिन्न स्थानमा जग्गा खरिद गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । उनले जग्गाहरु आफू गाविस तथा नगरपालिकामा कार्यरत अवधिमा खरिद गरेका खुलेको हो ।

ठाउँठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको आयोगको आरोपत्रपमा उल्लेख छ ।

सार्वजनिक सेवामा प्रवेश मितिदेखि आर्थिक वर्ष २०७५र०७६ सम्मको अवधिलाई जाँचअवधि लिएर गरिएको अनुसन्धानमा संकलित प्रमाणका कागजातहरुबाट अर्याल तथा यसरी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित