बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एक हप्ताभित्र ५ जनामा कोरोना देखिएपछि क्वारेन्टाइन सिल

दैनिक नेपाल २०७७ जेठ ७ गते १६:०९

सांकेतिक तस्वीर

काठमाडौँ, ७ जेठ । प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनमा एक हप्ताभित्र ५ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइन नै सिल गरिएको छ ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीमा प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक क्वारेन्टाइनलाई सिल गरिएको हो ।

भारतको विहार, उत्तरप्रदेश, दिल्ली लगायतका स्थानबाट नेपाल–भारत खुला सीमा हुँदै लुकेर गाउँघर पुगेका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सेनाको सहयोग अहिले उक्त क्वारेन्टाइनस्थल सिल गरिएको छ ।

हाल सो क्वारेन्टाइनमा ४८ जना कोरोनाका शंकास्पद बिरामीहरु रहेका छन् ।

प्रादेशिक क्वारेन्टाइन स्थल १ सय २० शैय्या क्षमताको रहेको छ तर त्यसमा २ सय २० जनालाई राखिएको छ । उनीहरुमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ भने १ सय ४१ जनालाई घर पठाइसकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित