शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना संक्रमण देखिएपछि काठमाडौँको मैतीदेवी सिल

दैनिक नेपाल २०७७ जेठ ७ गते १५:२२


काठमाडौँ, ७ जेठ । काठमाडौँको मैतीदेवी क्षेत्रमा एक पुरुषमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ ।

रामेछाप घर भएका ति पुरुष मैतीदेवीमा बस्दै आएका थिए । थप अन्यमा संक्रमण फैलन नदिन मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

संक्रमित पुरुषलाई टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित