शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारद्वारा कालापानीसहित नेपालको नयाँ नक्सा सार्वजनिक

दैनिक नेपाल २०७७ जेठ ७ गते १४:५६

काठमडौँ, ७ जेठ । अन्तत नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले नयाँ नक्साको सार्वजनिक गरेकी हुन् ।

नेपालका अन्तर्राष्ट्रिय सीमा नाका र सबै स्थानीय तहलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको हो ।

नेपालका भूमिहरु कालापानी, लिपुलेक र लिम्पियाधुराका क्षेत्रहरु छुटेका थिए ।

वुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको नेपालका नक्सा नै अब सबै प्रयोजनमा प्रयोग गरिने मन्त्री अर्यालले जनाएकी छन् ।

भारतले सन १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनि किटान गरेको भूमिबाट नेपालको अनुमतिबिना चीनको मानसरोवर जाने बाटो बनाएको थियो । नेपालले बाध्य भएर त्यसको जवाफ दिएको हो ।

त्यस्तै, यस नक्सालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन पहल गरिने तथा भारतसँग पनि वार्ता गरेर स्थायी समाधान गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित