बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नर्स, हेल्थ असिस्टेन्ट र प्रहरीसहित धनकुटामा ५ जनामा कोरोना, संक्रमित ४ सय ७ पुगे

दैनिक नेपाल २०७७ जेठ ६ गते २२:००

काठमाडौँ, ६ जेठ । धनकुटामा थप ५ जनामा कोरोनाभाइरस देखिएको छ ।

जिल्ला अस्पतालका एकजना प्रहरीसहित ५ जनामा कोभिड १९ को संक्रमण देखिएको हो ।  बाँकी चार जना संक्रमितहरूमध्ये एकजना नर्स, दुईजना हेल्थ एसिस्टेन्ट र एकजना नर्सका श्रीमान हुन् ।

उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

यसअघि संक्रमित नर्ससँग सम्पर्कमा रहेकाको परीक्षण गर्दा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको छ । मंगलबार नै थप २७ जना संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित