शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

टोखामा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

दैनिक नेपाल २०७७ जेठ ६ गते १८:५७

काठमाडौँ, ६ जेठ । टोखा नगरपालिकामा कोभिड १९ को परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

नगरपालिका प्रमुख प्रकाश अधिकारीका अनुसार सोमबार गरिएको परीक्षणमा २५ जनाकै नेगेटिभ आएको हो ।

मंगलबार उनीहरुलाई कोभिड १९ नेगेटिभ आएको प्रमाण पत्र पनि दिइएको छ ।

गत शुक्रबार कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिला बस्ने स्थानका नजिकका र आफन्तको कोरोना परीक्षण गरिएको हो ।

टोखामा पछिल्लो समय कोरोनाभाइरस परीक्षणको दायरा फराकिलो बनाइएको छ । बाहिरबाट आउनेलाई होम क्वारेन्टाइनमा रहेपछि मात्रै घरमा पस्न दिइएको मेयर अधिकारी बताउँछन् ।

हाल मृतक बसेको ठाउँ सिल गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित