३ कार्तिक २०८३, मंगलबार

लमजुङका कोरोना संक्रमित काठमाडौँमै रहेको खुलासा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । लमजुङका एक जना कोरोना संक्रमित काठमाडौँमै रहेको खुलेको छ ।

उनको काठमाडौँ, टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको स्थायी ठेगाना र हाल बसिरहेको काठमाडौँमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जनाएका छन् ।

मंगलबार थप २७ जनामा कोरोना देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ जना पुगेको छ ।