बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

वाग्मतीको बजेट अधिवेशन जेठ १२ मा

दैनिक नेपाल २०७७ जेठ ६ गते १८:२२


हेटौँडा, ६ जेठ । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १२ गते अपराह्न २ बजे आह्वान गर्नुभएको छ ।

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित