शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

उपत्यका प्रवेशको सबै नाका सिल गर्न महानगरको माग

दैनिक नेपाल २०७७ जेठ ६ गते १७:१५

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ आउने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधिभर काठमाडौँ प्रवेशमा रोक लगाउन सिल गर्ने माग गरेको हो ।

महानगरको ४६ औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले सरकार समक्ष यस्तो आग्रह गरेको हो ।

अत्यावश्यक सवारी साधन तथा सेवा प्रवाहको सवारी पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस्तो आग्रह गरेको हो ।

महानगरले कोरोनाभाइरस संक्रमणको नियन्त्रणका लागि यस निर्णय कार्यान्वयन गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्र पठाउने निर्णय गरेको छ ।

मंगलबार मात्रै थप २७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ५ जना उपत्यकाका रहेका छन् । ३ जना काठमाडौँ र भक्तपुर र ललितपुरका एक एक जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित