बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उपत्यकामा ५ जना कोरोना संक्रमित थपिए

दैनिक नेपाल २०७७ जेठ ६ गते १६:५०

काठमाडौँ, ६ जेठ । नेपालमा मंगलबार उपत्यकामा ५ जनासहित थप २७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँमा ३ जना संक्रमित थपिएका हुन् भने भक्तपुरमा १ जना र ललितपुरमा १ जना रहेका छन् । ललितपुरमा पहिलो पटक संक्रमण देखिएको हो ।

त्यस्तै, डा. देवकोटाका अनुसार झापामा थप ९ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु एउटै गाउँपालिकाका रहेका छन् । त्यस्तै, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा ४ सय २ जनामा संक्रमण देखिएको छ भने ३७ जना निको भएका छन् । कोरोनाका कारण नेपालमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित