शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणबाट मर्नेको अन्त्येष्टि गर्नेबारे लमजुङमा अभ्यास

दैनिक नेपाल २०७७ जेठ ६ गते १०:५८

लमजुङ, ६ जेठ । लमजुङ जिल्लामा कोरोना संक्रमणबाट मर्नेकाे अन्त्येष्टि अभ्यास भएको छ ।

संक्रमितको मृत्युपछि गरिने अन्त्येष्टिको अभ्यास भइरहेको श्रीजङ गणका गणपति जयराम थापाले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको अवस्थामा पूर्व तयारी स्वरुप नेपाली सेनाले त्यस्तो अभ्यास गरेको हो ।

कोरोना संक्रमित व्यक्तिको मृत्युपछि पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै त्यस्तो बेलामा अपनाइने उच्च सतर्कता विधिलाई नमूना प्रयोग गरी जिल्लाका सरकोकारवालाहरुलाई देखाइएको थियो ।

जिल्लास्थित नेपाली सेनाको श्रीजङ गणले जिल्ला प्रहरी र जिल्ला सामुदायिक अस्पतालसँग समन्वय गरी शव व्यवस्थापनको नमूना अभ्यास गरेको हो ।

अभ्यासका क्रममा प्रहरीले शव मुचुल्का लगायतका सुरक्षा घेराको नमूना अभ्यास गरेको थियो । नेपाली सेनाले उच्च सुरक्षा सतर्कता अपनाउँदै शवको व्यवस्थापन विधिको नमूना विधिको प्रयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित