बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पत्नीले मागिन् नवाजुद्दीन सिद्दीसँग डिभाेर्स

दैनिक नेपाल २०७७ जेठ ६ गते १०:५४

मुम्बइ । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकाल समस्यामा घेरिएका छन् । एकातिर उनी आफ्नी बिरामी आमालाई लिएर आफ्नो पैतृक गाउँ बुढाना गएका छन् ।

अर्कोतर्फ उनकी श्रीमती आलियाले लिगल नोटिस पठाएर सम्बन्धविच्छेद र अंशको माग गरेकी छिन् । भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आलियाका वकिल अभय सहायले आलियाले नवाजलाई उक्त नोटिस ह्वाट्सएप र इमेलमार्फत् पठाएको जानकारी दिए ।

अभय सहायले नोटिसमा सम्बन्धविच्छेदको कारण त बताएका छैनन् । उनका अनुसार यसमा निकै संवेदनशील र गोप्य कुरा उल्लेख गरिएको छ । उनका अनुसार मे ७ मा नवाजलाई इमेल र ह्वाट्सएपमार्फत् नोटिस पठाइएको थियो ।

स्रोतका अनुसार १३ मेमा आलियाको तर्फबाट नीजि नोटिस पठाइयो । तर नवाजले कुनै जवाफ दिएका छैनन् । अभयका अनुसार हाल अदालत बन्द भएका कारण नवाजलाई १५ दिनको समय दिइएको छ । यदि तोकिएको समयावधिमा जवाफ नदिए उनीविरुद्ध कानूनी कारवाही गरिने बताइएको छ ।

भारतीय मिडियासँगको कुराकानीमा आलियाले पनि नवाजसँगको सम्बन्धविच्छेदको खबर पुष्टि गरिन् । यद्यपि, उनले यसको कारण पनि बताइनन् ।

तर उनले कुनै न कुनै कारण भएरै त यस्तो निर्णय लिइएको बताइन् । उनले भनिन्, ‘लकडाउनमा उनले यसबारे सोच्ने समय पाए । नवाजसँग मेरो सम्बन्ध निकै तनावपूर्ण छ र म निकै लामो समयदेखि उनीबाट अलग्गिएर बसिरहेकी छु ।’

नवाजुद्दीन र आलियाको विवाह १० वर्ष बितिसकेको छ । उनीहरुका दुई सन्तान पनि छन् । सन् २०१७ मा नवाज र आलियाको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थियो । यद्यपि, त्यतिबेला यी दुईले उक्त खबर खण्डन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित