मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोनाविरुद्धको अभियानमा गुल्म प्रहरी

दैनिक नेपाल २०७७ जेठ ६ गते ९:४०

तम्घास, ६ जेठ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले कोरोना भाइरसको संक्रमणका बेला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

एसपी खड्काले गुल्मीका सर्वसाधारणलाई कोरोनाबाट बचाउन सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । उनले संकटका बेला सबैको सहयोग आवश्यक पर्नेभन्दै कसैलाई पनि मौकाको फाइदा नउठाउन सुझाव दिएका छन् ।

गुल्म जिल्लामा पनि काेराेनाका संक्रमित देखिएपछि नयाँ व्यक्तिहरूका विषयमा प्रहरीले चनाखाे भइ ध्यान दिन थालेकाे छ ।

एक साता अगाडि गुल्मी प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले जिल्लाको बस्तु अवस्थाका बारेमा जानकारी लिएका थिए । त्यस बेला धानुकले जिल्लाको शान्ति सुरक्षा र कोरोनाको विषयमा सचेत रहन निर्देशन पनि दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित