शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

यस्तो छ लिम्पियाधुरा समेटिएको सरकारद्वारा पारित नेपालको नयाँ नक्सा

दैनिक नेपाल २०७७ जेठ ५ गते २२:०२

काठमाडौँ, ५ जेठ । सरकारले नेपालको नयाँ नक्सा पारित गरेको छ । भारतद्धारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नेपालको नक्सा सरकारले सार्वजनिक गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक प्रवन्धहरूमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

खतिवडाले भने, ‘यो नक्सा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित