बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

खोटाङमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि

दैनिक नेपाल २०७७ जेठ ५ गते २१:५६

काठमाडौँ, ५ जेठ । खोटाङमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका ७ का २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाइएको छ । उनलाई विराटनगर कोशी अस्पताल लाने तयारी भइरहेको छ ।

ती युवक गत वैशाख १२ गते काठमाडौँबाट खोटाङ पुगेका थिए । नगरपालिकाले काठमाडौँमा रहेकाको उद्धार गर्दा उनी पनि त्यही टोलीमा रहेका थिए । काठमाडौँमा फाइनान्समा काम गर्ने उनको थप विवरण लिने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित